काठमाडौं । एक हप्तादेखि काठमाडौंको भृकुटीमण्डपमा जारी नेपालको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी साधन एक्सचेन्ज इभेन्ट यामाहा ब्लू फेस्ट औपचारिक रूपमा समापन भएको छ ।
सुरुमा चैत्र २८ देखि वैशाख ३ सम्म सञ्चालन हुने भनिएको कार्यक्रम ग्राहक एवं मोटरबाइक, स्कुटर पारखीहरूको अत्यधिक सहभागिताका कारण एक दिन थप गरिएको थियो ।
यामाहाको उत्कृष्ट एक्सचेन्ज र खरिद अफरहरूको फाइदा लिन हजारौं सहभागीहरूले कार्यक्रममा भाग लिएका थिए ।
ब्लू फेस्टमा यामाहा बाइक र स्कुटरमा ५० हजारको मिनिमम भ्यालुएसन दिइएको आयोजकले जनाएको छ । अन्य ब्रान्डहरूमा २५ हजार, एक्सचेन्जमा १० हजारको थप भ्यालुएसन बोनस, ७।९९ प्रतिशत ब्याजदरसहित लचिलो फाइनान्सिङ (ग्यारेन्टर आवश्यक नपर्ने) र स्पट एक्सचेन्ज, सजिलो फाइनान्सिङ र चयन गरिएका मोडेलहरूमा ० प्रतिशत ब्याजदरमा ईएमआई सुविधा थियो ।
नगद छुटमा १ लाख रुपैयाँसम्म जित्ने अवसर
ग्राहकहरूलाई तीन सजिला चरणहरूमार्फत तत्काल १ लाखसम्मको नगद छुट जित्ने रोमाञ्चक अवसर पनि प्रदान गरिएको थियो ।
सेयर गर्दा एक हजार, भिजिट गर्दा ५० हजारसम्म नगद छुट र खरिद गर्दा एक लाखसम्म नगद छुट दिइएको हो ।
प्रत्येक खरिदमा नि: शुल्क एक्सेसरिजहरू
उत्सवमा थप रौनक थप्न यामाहाले कार्यक्रमका दौरान ग्राहकहरूको लागि भ्यालु र राइड एक्सपिरियन्स दुवै बढाउन प्रत्येक बाइक र स्कुटरको खरिदमा निस्शुल्क एक्सेसरिजहरू पनि प्रदान गरेको थियो ।
उत्साहले भरिपूर्ण ८ दिनको कार्यक्रममा अफरहरूका अलावा यामाहा ब्लू फेस्टमा टेस्ट राइड एण्ड विन, गेमिङ जोन, फेस पेन्टिङ, डुअर प्राइजेज र लाइभ कन्सर्ट पनि थियो ।
महोत्सवको अन्तिम दिन काठमाडौँ रेजर्स फुटबल टिमका खेलाडीहरूसँगको विशेष मिट एण्ड ग्रिट सेसनसँगै समाप्त भएको थियो । सहभागीहरूले एनसीएल सिजन ३ मा यामाहाको गौरवशाली टाइटल प्रायोजनको सेलिब्रेसनसँगै खेलहरू खेल्न, विशेष मर्केन्डाइज जित्न र खेलाडीहरुको सिग्नेचर भएका जर्सीहरू पनि प्राप्त गरेका थिए।