किसान एप सञ्चालनमा ल्याउने, भूमि तथा सहकारी मन्त्रालयको बजेट साढे ७ अर्ब रुपैयाँ

काठमाडौं । सरकारले किसान एप सञ्चालनमा ल्याउने भएको छ । किसानहरूका लागि सूचना प्रणालीमा सहज होस् भन्ने हिसाबले किसान एप र एसएमएस सेवा सुरु गर्ने भएको हो । 

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १ सय स्थानीय तहमा भूमि बैंक स्थापना गरिने बताए । 

उनका अनुसार जग्गाधनीले जग्गा लिन चाहेमा स्थानीय तहसँग करार सम्झौता मिलाइने भएको छ । भूमि बैंकमा अभिलेख गरिएका जग्गा कृषि प्रयोजनका लागि करार सम्झौता गरि प्रयोगमा लिन सकिने उनले बताए । 

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका लागि ७ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरिएको छ । 
 

Share News