स्टार्टअपका लागि ७३ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले स्टार्टअपलाई ७३ करोड सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गरेको आगामी आव २०८२/०८३ को बजेट भाषणका क्रममा स्टार्टअपलाई ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने जानकारी दिए ।

त्यसका लागि सरकारले ७३ करोड बजेट विनियोजन गरेको छ । 

Share News