सुनचाँदी बजार : सुन बढ्यो, चाँदी घट्यो

काठमाडौं । विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ । शुक्रबारको तुलनामा आज बजार खुल्दा सुन तोलामा ५०० रुपैयाँले बढेको छ भने र चाँदी १० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मोल एक लाख ९५ हजार २०० रुपैयाँ तथा सोही परिमाणको चाँदीको मोल दुई हजार १६० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार प्रतितोला सुन एक लाख ९४ हजार ७०० रुपैयाँ र चाँदी दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

Share News