गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
मृतक ४५ वर्षीय वसन्त घिमिरे स्थानीय बासिन्दा हुन् । उनले गाउँकै बिग्रिएको ट्रान्सफर्मर मर्मत गर्ने प्रयास गर्दा करेन्ट लागेको वडा अध्यक्ष लिला खनालले जानकारी दिए ।
खनालका अनुसार एक सातादेखि ट्रान्सफर्मरमा समस्या आएपछि नेपाल विद्युत प्राधिकरणलाई पटक–पटक मर्मतका लागि अनुरोध गरिए पनि समयमा मर्मत नभएपछि स्थानीयले आफैं मर्मत प्रयास गरेका थिए । त्यसै क्रममा दुर्घटना भएको बताइएको छ ।
घिमिरे विद्युत मर्मत तथा उपकरण बिक्री–वितरणको काम गर्दै आएका व्यक्ति थिए ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धुर्कोटबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरी स्रोतले जनाएको छ ।