काठमाडौं । प्रतिनिधि सभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८२ पारित भएको छ । सभाको शनिबारको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो ।
उक्त विधेयक पारित भएसँगै एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने बाटो खुलेको छ । विधेयकाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले नागरिकताको विषयमा संविधान, कानून र सरकारको धारणा स्पष्ट रहेको बताए ।
उनले नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस् र पाउन नपर्ने व्यक्तिले नागरिकता नपाओस् भन्ने विषयमा सरकार गम्भिर रहेको बताए । संविधानले गैरआवासीय नेपाली नागरिकलाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था गरेको उल्लेख गर्दै त्यसका लागि छुट्टै कानून निर्माणको तयारीमा सरकार जुटेको पनि जानकारी दिए ।
उनले भने, ‘नेपाली नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस् । र पाउन नपर्ने मानिसले नागरिकता नपाओस् भन्ने कुरमा संविधान, कानून र सरकार स्पष्ट छ । नागरिकता अत्यन्त संवेदनशील विषय हो । नेपालको नागरिकता पाउनुपर्ने मानिसले नगरिकता पाउनुपर्छ, पाउन नुहने मानिसले पाउनुहुन्न । यसका विषयमा दुविधा हुन सक्दैन । संविधानले गैरआवासीय नेपाली नाथगरिकलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ ।’
नागरिकताको विषयमा रहेका विवाद र समस्या समाधान गर्नको लागि सरकारले नागरिकता विधेयक संशोधन गरेको हो ।