दुई वर्षदेखि धुलो लागेको भीआईपी कक्षमा उपचार गराउँदै स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेल बिरामी भई अस्पताल भर्ना भएका छन् । विदेशबाट फर्किएलगत्तै बिरामी परेका मन्त्री पौडेल वीर अस्पतालको दुई वर्षदेखि प्रयोगमा नरहेको धुलो लागेको भीआईपी उपचार कक्षमा उपचार गराउन पुगेका हुन् ।

वीर अस्पतालमा भीआईपीका लागि विशेष सोफा, कलात्मक पेन्टिङ गरिएको सुविधा सम्पन्न क्याबिनहरू रहेका छन् । अत्यन्तै सुविधा सम्पन्न भए पनि देशका भीआईपीहरूले वीर अस्पतालको भीआइपी सेवा कमै मात्र प्रयोग गर्ने गरेका छन् ।

ठूला घरानाका महँगा बैठक कोठाजस्तै आकर्षक झुलरसहितका क्याबिनहरू र विशेषज्ञ चिकित्सकहरूको सेवा भए पनि वीर अस्पतालको भीआइपी कक्षले देशका विशिष्ट व्यक्तिहरूलाई सेवा दिन पाएको अवसर निकै सीमित देखिन्छ ।

वीर अस्पतालले पछिल्लो पटक सार्वजनिक गरेको भीआईपी सेवाग्राहीहरूको सूची अनुसार तत्कालीन स्वास्थ्यमन्त्री भवानी खापुङले २०७९ साउन ७ गते भीआईपी सेवा लिएका थिए ।

Share News