दुई दीपकको निर्वाचन क्षेत्र खाली, कात्तिक १७ मा रुपन्देहीमा चुनाव, मनाङमा के होला ?

बायाँबाट- दीपक मनाङे र दीपक बोहोरा ।

काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेको रुपन्देही- ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन गर्ने प्रस्ताव गरेको छ । 

नेकपा एमालेसँगको सहकार्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित सांसद दीपक बोहोराको निधनसँगै उक्त निर्वाचन क्षेत्र प्रतिनिधिविहीन रहँदै आएको थियो ।

यसैबीच मनाङ प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेशसभा सदस्य दीपक मनाङेको निर्वाचन क्षेत्र पनि सर्वोच्च अदालतको आदेशले रिक्त घोषित भएता पनि सो क्षेत्रका बारेमा भने हालसम्म कुनै छलफल नभएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेलले जानकारी दिइन्।

उनका अनुसार सो निर्वाचन क्षेत्र रिक्त भएको जानकारी सर्वाेच्च अदालतबाट आयोगमा आधिकारिक रूपमा प्राप्त नभएकाले आयोगमा हालसम्म सो विषयमा कुनै छलफल गरिएको छैन ।

Share News