काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको छ । निगमले सोमबार मध्यरातदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट नै मूल्य बढेर आएकोले मूल्य बढाइएको निगमले जनाएको छ । निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार आईओसीले प्रतिलिटर पेट्रोलमा ७ रुपैयाँ ६४ पैसा, डिजलमा ९ रुपैयाँ १३ पैसा र हवाई इन्धनतर्फ ६ रुपैयाँ ८८ पैसा मूल्य बढेर आएको भएको छ ।
यद्यपी, सर्वसाधारणको हितलाई ध्यान दिएर निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढ़ाएको छ भने मट्टितेल र डिजलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढ़ाएको छ । यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ ७ रुपैयाँले मूल्य बढाएको छ ।
जस अनुसार अबदेखि पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ भएको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ भएको छ ।