डोटी, सुर्खेत र धनकुटामा मुक्तिनाथ बैंकको सहयोग, विद्यार्थी लाभान्वित

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले देशका विभिन्न प्रदेशहरूमा शिक्षादेखि स्वास्थ्यसम्मका क्षेत्रमा सहयोग कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लास्थित श्री नव प्रभाव आधारभूत विद्यालयका ८७ जना विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरी पठन–पाठनप्रति सकारात्मक प्रभाव पर्ने विश्वास लिएको छ ।

स्वास्थ्य क्षेत्रमा समेत सक्रिय रहँदै, बैंकले कर्णाली प्रदेशको प्रदेश अस्पताल सुर्खेतलाई १० थान व्हीलचेयर हस्तान्तरण गरेको छ भने कोशी प्रदेशको जिल्ला अस्पताल धनकुटामा बिरामी तथा कुरुवा बस्नका लागि ७ थान तीन सिटर कुर्सी उपलब्ध गराएको छ ।

बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

Share News