चन्द्र भण्डारी भन्छन्- इँटाभट्टामा मान्छे पोल्नेदेखि पैसाले पद किन्नेहरूसँग नैतिकताको के कुरा गर्नु ?

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गुल्मीका सांसद चन्द्र भण्डारीले नेपाली राजनीतिमा नैतिकता हराउँदै गएको बताएका छन् । 

पछिल्लो पटक कांग्रेस केन्द्रीय समिति बैठकमा अदालतमा विभिन्न भ्रष्टाचार मुद्दा खेपिरहेका र अदालतले धरौटीमा रिहा गरेका व्यक्तिहरूले समेत भाग लिएको विषयमा विकासन्युजले राखेको जिज्ञासामा प्रतिक्रिया दिँदै भण्डारीले उक्त कुरा बताएका हुन् ।

‘अदालतमा बयान दिएर बैठकमा भाग लिनु, देशका सर्वोच्च पदमा पुगेका व्यक्तिहरू पुनः सक्रिय राजनीतिमा फर्कनु यी सबैनै गैर-नैतिक विषयहरू हुन्,’ नेता भण्डारीले भने ।

अब व्यक्ति केन्द्रित नभई विषय  केन्द्रित बहस हुनुपर्नेमा उनले जोड दिए । तर व्यक्तिले आफ्नो कद र पदको ख्याल नगर्दा समस्या झनै बढेको तर्क उनले प्रस्तुत गरे ।

‘इँटाभट्टादेखि बजेट विनियोजनमा देखिएका चरित्रहरूले हाम्रो नैतिक आचरणलाई झल्काउँछ। यस्तो अवस्थामा नैतिकताको कुरा गर्नु आफैमा हास्यास्पद हुन्छ,’ भण्डारीले भने । 

पछिल्लो समयका विभिन्न नियुक्ति प्रक्रिया, पूर्वराष्ट्रपति तथा पूर्वउपराष्ट्रपतिहरूको पछिल्लो राजनीतिक सक्रियताले नैतिकतालाई गिज्याइरहेको उनको भनाइ छ ।
 

Share News