काठमाडौं । माइडीयाले नेपालमा आफ्नो नयाँ ‘ब्लु स्माइल सिरिज’ माइक्रोवेभ ओभन सार्वजनिक गरेको छ । स्मार्ट र आकर्षक डिजाइनका साथ बजारमा ल्याइएको यो ओभन नेपाली भान्सासँग सजिलै घुलमिल हुने बताइएको छ ।
यो सिरिजमा समावेश गरिएको इन्भर्टर क्वाटरो टेक्नोलोजी का कारण खाना छिटो, समान रूपमा र ऊर्जा–दक्ष रूपमा तताउने सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै यस ओभनमा १० वर्षको म्याग्नेट्रोन वारेन्टी दिइएको छ, जसले दीर्घकालीन भरपर्दो सेवा सुनिश्चित गर्ने कम्पनीको दाबी छ।
ब्लु स्माइल सिरिज दुई फरक मोडलमा उपलब्ध हुनेछ, जसले ग्राहकलाई आफ्ना आवश्यकता र रुचिअनुसार छनोट गर्न सहज बनाउने बताइएको छ ।
माइडीयाले यो सिरिजमार्फत नेपाली उपभोक्ताका भान्सामा खुसी, सहजता र स्मार्ट प्रविधिको अनुभूति थप गर्ने लक्ष्य राखेको जनाएको छ।