काठमाडौं । केराबारीमा बृहद निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा सञ्चालन भएको छ । मोरङ उद्योग व्यापार संघ र नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल विराटनगरको संयुक्त आयोजना तथा केराबारी व्यापार प्रवन्ध समितिको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
उक्त शिविरमा जनरल मेडिसिन सेवा, स्त्रीरोग सेवा, हाडजोर्नी नसा रोग सेवा, बालरोग सेवा, नाक, कान, घाँटी सेवा, दन्तरोग सेवा, शल्यक्रियाचिकित्सा सेवा, आँखाजाँच सेवा, रेडियोलोजी सेवा, ईसीजी (मुटुको जाँच) सेवा, ल्याव परिक्षण (रगत, पिसाव जाँच) सेवाहरुबाट ७०० भन्दा बढी स्थानीयवासीले सेवा लिएका थिए।
सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखी मोरङ उद्योग व्यापार संघ र नोबेल हस्पिटल निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
सो क्षेत्रका नगरवासीहरूको स्वास्थ्य परीक्षण, विभिन्न रोगका चेक जाँच गर्न अझ बढी सहज होस भन्ने उद्देश्यले सो शिविर राखिएको हो ।
एक दिने उक्त शिविरमा संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह, प्रवक्ता दिपेश सुवेदी, स्वास्थ्य शिविर संयोजक एवं संघका आमन्त्रित सदस्य डा.दीपेन्द्र नौलखा, युवा उद्यम समिति संयोजक अमित अग्रवाल, महिला उद्यम समितिकी सह-संयोजक साधना झा, सचिव जीना श्रेष्ठ, संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मी त्यसैगरी केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष लगायत कार्यसमितिको उपस्थिति रहेको थियो ।