काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार बनाउन कुनै न कुनै राजनीतिक दलसँग मिल्नैपर्ने बाध्यता रहेको बताएका छन् । शनिबार काठमाडौंमा स्व. गिरिजाप्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अहिलेको निर्वाचन प्रणालीअनुसार कसैको पनि बहुमत आउन गाह्रो रहेको बताए । बहुदलीय व्यवस्थामा प्रतिष्पर्धा हुनेकुरा स्वभाविक भएको पनि जानकारी दिए । सबै मिलेर सरकार बनाउनु राम्रो कुरा पनि भएको जिकिर गरे । बहुदलीय व्यवस्थामा प्रतिष्पर्धा हुनेकुरा स्वभाविक रहेको पनि बताए । जसकारण राजनीतिमा उत्तारचढाव आउनु स्वभाविक रहेको तर्क गरे ।
सभापति देउवाले भने, ‘हाम्रो देशमा यो बहुदलीय व्यवस्थामा कम्पिटिशन हुनेकुरा स्वभाविक हो । अरु उत्तारचढाव हुने स्वभाविक हो । तै पनि अहिले हामीले हेरिरहेका छौँ, हाम्रो देश अघि बढेको छ । महिला, दलित, जनजाति सबैको प्रतिनिधित्व भएको व्यवस्था छ । त्यस मानेमा यो समावेशी संविधान बनाएका छौँ । नमिले हुँदै हुँदैन, बाध्यतै हो यो । राम्रो कुरा पनि हो यो । कमसेकम सबै मिलेर काम गर्नु राम्रो पनि छ । मन परेको होस्, मन नपरेको होस् त्यस्तै छ । के गर्नुहुन्छ, काम गर्नुपर्ने छ ।’
सभापति देउवाले समूहिकृत रुपमा काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।