प्रधानमन्त्री ओली भन्छन् : विदेशी सहयोगले देश बन्दैन

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी सहयोगले मात्रै देश विकास नहुने बताएका छन् । सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशी सहयोगले मात्रै देश विकास नहुने धारणा राखेका हुन् । 

उनले आफ्नै पौरखले देशको विकास हुने धारणा राखे । अरूले सहयोग नगर्दा पनि चीन जस्तो जनसंख्या र भूगोलले ठूलो भएको देश बन्ने तर नेपाल नबन्ने भन्ने नहुने तर्क राखे । 

Share News