५०–५० हजार राशिको नाफिजका तीन पत्रकारिता पुरस्कार सुवेदी, थापा र बस्न्यातलाई

काठमाडाैं । ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ बिजमाण्डुडटकमकी सरला सुवेदीलाई प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शुक्रबार काठमाडौंमा पुरस्कार वितरण समारोह आयोजना गर्दै सुवेदीलाई ५० हजार राशिको पुरस्कार प्रदान गरेको हो ।

यस्तै, ५० हजार राशिकै ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ टक्सार म्यागजिनका रविबहादुर थापालाई प्रदान गरिएको छ ।

यो दुई पुरस्कारका लागि नाफिजले भरतमोहन अधिकारी स्मृति फाउन्डेसनसँग सहकार्य गर्दै आएको छ । पुरस्कार वितरण समारोहमा फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले भरतमोहन अधिकारीले नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्र पुर्याएको योगदानको चर्चा गरिन् । यो पुरस्कारले आर्थिक पत्रकारितालाई थप प्रोत्साहन गर्ने उनको भनाइ छ ।

यस्तै, ५० हजार रुपैयाँ राशिको निर्जीवन बिमा व्यवसायी संघ–नाफिज बिमा पत्रकारिता पुरस्कार रेडियो सगरमाथाकी उर्वशी बस्न्यातलाई प्रदान गरिएको छ । यो पुरस्कारका लागि नाफिजले निर्जीवन बिमा व्यवसायी संघसँग सहकार्य गर्दै आएको  छ । कार्यक्रममा संघका अध्यक्ष राजेन्द्र मल्लले यो पुरस्कारले पत्रकारलाई बिमा पत्रकारितामा थप प्रोत्साहन मिल्ने बताए । यस्तै, उनले बिमा क्षेत्रमैत्री नीति ल्याउनुपर्नेमा पनि जोड दिए ।

नाफिजले यी तीनवटै पुरस्कार खुला प्रतिस्पर्धामार्फत प्रदान गरेको हो । जुरी कमिटीका सदस्य तथा नाफिज सल्लाहकार राजेन्द्र रिमालले प्राप्त आवेदनका आधारमा शुक्रबार विशेष समारोहबिच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीनवटै पुरस्कार प्रदान गरेका हुन् । नाफिजले यही अवसरमा नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालसँगको सहकार्यमा बजेट र मौद्रिक नीति समन्वयसम्बन्धी अन्तर्क्रिया कार्यक्रम पनि गरिरहेको छ।

Share News