गुल्मीमा चिठी आतंक, के भन्छन् प्रदेश मन्त्री पन्थी ?

काठमाडौं । लुम्बिनी प्रदेशका कृषि तथा सहकारी मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता दिनेश पन्थीको नाममा शाखा अधिकृत नारायण घर्तीले जारी गरेको पत्रले अहिले गुल्मीमा हलचल मच्चाएको छ ।

मन्त्री पन्थीको नाममा जारी सो पत्रलाई स्थानीय धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले आफ्नो कार्यक्षेत्र मिचिएको रूपमा व्याख्या गरेपछि उक्त पत्रबारे बहस सुरु भएको हो ।

जिल्लामा सो पत्रलाई विभिन्न तरिकाले बुझेर आ-आफ्नै ढंगले व्याख्या गरिन थालेपछि मन्त्री पन्थी पनि यस विषयमा बोल्न बाध्य भएका छन् । सामान्यतः कम बोल्ने र धेरै काम गर्ने छवि बनाएका मन्त्री पन्थीले अफवाहको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् ।

जिल्लाको निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा क्षेत्र नं २ का जनप्रतिनिधि समेत रहेका मन्त्री पन्थीले स्थानीय विकास निर्माणका कार्यमा जनप्रतिनिधिको नाताले समन्वय गर्न गरिएको आग्रहलाई अन्यथा नबुझ्न अनुरोध गरेका छन् ।

उनले भने 'मैले मेरो निर्वाचन क्षेत्रमा हुने विकास निर्माणका काममा संघ, प्रदेश र स्थानीय तह तथा विकास कार्यालयले मिलेर काम गरौं भनेको हुँ । यसमा कसैले टाउको दुखाउनु पर्दैन ।'

null

Share News