टिकटक र हिमाल मिडिया मेलाबीच साझेदारी

काठमाडौं । हिमाल मिडियाले साउन ९ गते हिमाल मिडिया मेलाको चौथो संस्करणको आयोजना गर्ने भएको छ । मेलाले देशभरका पत्रकार, डिजिटल क्रिएटर, मिडियाविज्ञ र कथावाचकहरूलाई एउटै मञ्चमा ल्याउने विश्वास हिमाल मिडियाले लिएको छ । 

यस वर्षको मेलामा समाचार र स्टोरीटेलिंगको बदलिँदो संसारबारे छलफल गरिने जनाइएको छ, जसमा पत्रकारिता, मोबाइल भिडियो र डिजिटल सामग्रीको भविष्यबारे गहन संवाद, कार्यशाला र मास्टरक्लासहरू समावेश हुने जनाइएको छ ।

यस पटकको हिमाल मिडिया मेलामा ‘पावर्ड बाई’ साझेदारको रूपमा टिकटक पहिलो पटक सहभागी हुने भएको छ । यस साझेदारीले मोबाइल- फर्स्ट सामग्री निर्माण र कथावाचनको संसारमा डिजिटल प्लेटफर्महरूको बढ्दो महत्त्वलाई अझ अघि बढाउने अवसर दिने विश्वास लिइएको छ ।

टिकटकले मोबाइल पत्रकारिता र भिडियो कथावाचनबारे विशेष सत्र सञ्चालन गर्नेछ, जसले पेसेवर मिडियाकर्मीहरूलाई डिजिटल-फर्स्ट दर्शकहरूको लागि उपयुक्त हुने सामग्री निर्माणबारे जानकारी दिनेछ । 

यस साझेदारीले छोटो-रूपका भिडियोहरूको बढ्दो प्रभाव र पहुँचलाई कसरी मिडियाले उपयोग गर्न सक्छ भन्नेबारे गहन छलफलको अवसर पनि दिनेछ ।

कार्यक्रमको सुरुवात हिमाल मिडियाका प्रकाशक कुन्द दीक्षितको सम्बोधनबाट हुनेछ, त्यसपछि मनीषा पाण्डेको की-नोट भाषण र रोमन गौतमसँगको संवाद हुनेछ । 

मुख्य सत्रहरूमा अनुप काफ्लेले डिजिटल कथावाचनबारे आफ्नो विचार साझा गर्नेछन्, टिकटक टिमद्वारा मोबाइल पत्रकारितामा मास्टरक्लास र भी-चित्रका स्वरुप न्हसिजुद्वारा आधारभूत भिडियो निर्माण कार्यशाला प्रस्तुत हुनेछ । 

अन्तमा पत्रकारिताको भविष्यबारे सन्दीप नारवाणी र कुन्द दीक्षितबीचको छलफलसँगै कार्यक्रमको समापन हुनेछ ।

Share News