माओवादी र समाजवादी मर्जर, श्रेष्ठ र भुसालले गरे छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बीच मर्जर (एकीकरण)को चर्चा चलिरहेका बेला दुई शीर्ष नेताबीच भेटवार्ता भएको छ । 

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच समसामयिक राजनीतिक परिस्थिति र दुई पार्टीबीचको एकतालगायत विषयमा छलफल भएको हो ।

श्रेष्ठको हात्तीवनस्थित निवासमा आज भएको भेटमा उनीहरूबीच नेपालको वर्तमान राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिको कार्यभारबारे गम्भीर छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ । 

त्यसक्रममा नेपालका विभिन्न राजनीतिक दलको वर्तमान अवस्था र भूमिका, कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार–विमर्श भएको जनाइएको छ । 

Share News