१ रुपैयाँमै घरको इस्टिमेसन, १० लाख रुपैयाँसम्म जोगिने

काठमाडौं । घर तथा भवन निर्माणको क्षेत्रमा काम गर्दै आएको कम्पनी घरदबारले १ सय रुपैयाँमा कुनै पनि प्रकारको घरको लागत विवरण प्रदान गर्ने भएको छ । निर्माण क्षेत्रमा विगत सात वर्षदेखि काम गर्दै आएको सो कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्त्व अन्तर्गत सो अफर सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार पहिलो चरणमा १ सय वटा घरको लागत अनुमान विवरण प्रदान गरिनेछ । वार्षिक ५० वटा बढी घर निर्माण गर्दै आएको घरदबारले  निर्माण क्षेत्रमा रहेको अनियमितता हटाउन तथा घरधनीलाई निर्माणसम्बन्धी सबै जानकारी दिनका लागि सो अफर ल्याइएको जनाएको हो ।

घर तथा भवन निर्माणको योजना बनाएका र निर्माणको काम गरिरहेकाहरुको लागि घर निर्माणमा हुने अनावश्यक खर्चको कटौती तथा कम लागतमा कसरी गुणस्तरीय काम सम्पन्न गर्ने भन्नेबारे जानकारी प्रदानका लागि यो अफर ल्याइएको घरदबारले जनाएको छ ।

काठमाडौंको थापाथलीबाट आफ्नो सेवा प्रदान गर्दै आएको घरदबारको यो अफरमार्फत सेवाग्राहीले १० लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन् भने लागत घटाउने विभिन्न उपायबारे जानकारी प्राप्त गर्न सक्नेछन् । घरको डिजाइन सम्पन्न भएर पनि सन्तुष्ट हुन नसकेकाहरुले यो अफरमार्फत लागत अनुमान तथा निर्माण सुरुदेखि अन्त्यसम्मका आवश्यक सम्पूर्ण परामर्श पाउन सक्नेछन् । 

घर निर्माणमा हुने अनावश्यक खर्च घटाउन अपनाउन सकिने उपायबारे घरदबारले परामर्श प्रदान गरिने जनाएको छ । घर निर्माण सुरु गरेकाहरूको डिजाइनका आधारमा लाग्ने खर्च निर्धारण हुनेछ । सेवा लिन चाहनेले घरको ‘टु डी’ वा ‘थ्री डी’ डिजाइनको आधारमा लागत सम्बन्धी सम्पूर्ण जानकारी प्रदान गरिने घरदबारले जनाएको छ ।

पछिल्लो समय घर तथा भवन निर्माणमा प्रयोग हुने कमसल सामाग्री र निर्माणकर्ताको लापरबाहीले संरचना कमजोर हुने, निर्माण कार्य ढिलो हुने तथा लागत समेत बढ्दै गइरहेको अवस्थामा सार्वजनिक भएको यो अफरले धेरैलाई फाइदा पुग्ने कम्पनीको विश्वास छ ।

घरदबारले १ सय दिनसम्म प्रदान गर्ने यो अफरमा १ सय जनाले परामर्श प्राप्त गर्नेछन् । विशेषगरी लागत विवरण तयार पारि निर्माणको काम गरिरहेका तर चित्त नबुझेका घर निर्माणकर्ताले यो अफरको फाइदा लिन सक्नेछन् । 

Share News