एनआरएन अमेरिका राष्ट्रिय समितिमा काफ्लेको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०२५-२०२७ कार्यकालका लागि बोर्ड अफ डाइरेक्टर्स पदमा टेक्सास निवासी समाजसेवी बाबुराम काफ्लेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । 

‘एनआरएनएमा एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित काफ्लेले उमेदवारी घोषणा गरेका हुन् । 

काफ्लेले आफ्नो उमेदवारी घोषणा गर्दै संस्थामा पारदर्शिता, उत्तरदायित्व, समावेशिता र परिणाममुखी कार्यदिशाको पक्षमा आफू उभिने बताएका छन् ।
 
दोलखाबाट काठमाडौं हुँदै अमेरिका पुगेका काफ्ले युवाहरूबीच लोकप्रिय मानिन्छन् । उनको उम्मेदवारीले प्रवासी नेपाली समुदायभित्र नयाँ आशा, प्रेरणा र नेतृत्वको ढोका खोलेको एनआरएन अभियन्ताहरूले बताएका छन् । 

आफ्नो उम्मेदवारी घोषणाले एनआरएन कार्यकर्ता, नेपाली विद्यार्थी तथा सामाजिक अभियन्ताहरू उत्साही भएको काफ्लेले बताए । 

एनआरएन अमेरिकाको आगामी कार्यकालकालागी अगस्ट १६ र १७ मा निर्वाचन हुँदैछ ।

Share News