काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् ।
उनले मंगलबार संसदमा बोल्दै राजीनामाको घोषणा गरेका हुन् ।
खतिवडाले कुलिङ पिरियडमा आफ्नो कुनै स्वार्थ नभए पनि उच्च नैतिकताका आधारमा राजीनामा दिएको घोषणा गरे ।
उनले छानबिन समितिले समेत आफूलाई दोषी नठहराए पनि उच्च राजनीतिक संस्कार देखाउँदै राजीनामा दिएको बताए ।