दैनिक एक हजार बढीले पार्टी सदस्यता लिइरहेको रास्वपाको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दैनिक एक हजार बढीले रास्वपाको सदस्यता लिने गरेको दाबी गरेको छ । 

बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीका प्रवक्ता मनिष झाले यस्तो दाबी गरेका हुन् ।

उनका अनुसार अहिले रास्वपामा पार्टी प्रवेशको लर्को लाग्ने गरेको छ । 

सशस्त्र प्रहरी बल, नेपालका डिआइजी भई सेवानिवृत्त भएका दुर्गा भट्टराई, सशस्त्र प्रहरी बलमै रहेर सेवा निवृत्त भएका विश्वेश्वर थापा रास्वपामा प्रवेश गरेको उनले बताए।

त्यस्तै शोभा जोशी, मिन्तिरा लामा र नेपाली सेनामा कर्नेल भइ काम गरिसकेका डा. प्रद्युम्न पौडेल पनि रास्वपामा प्रवेश गरेको प्रवक्ता झाले जानकारी दिए ।

पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले उनीहरूलाई पार्टीमा प्रवेश गराएका हुन् ।

Share News