एलजी नेपालले मनायो ४० औं वार्षिकोत्सव

काठमाडौं । एलजी नेपालले आफ्नो ४०औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा एलजी नेपालले डुराबिलिटी क्याम्पेनको सुभारम्म समेत गरेको छ ।

यो उपलब्धि चार दशकदेखि नेपाली परिवारहरूसँग कायम रहेको अटुट विश्वास, भावनात्मक सम्बन्ध र साझा यात्राको प्रमाण रहेको एलजी नेपालले जनाएको छ ।

अत्याधुनिक फ्रिज र वाशिङ मेसिनदेखि ओएलईडी टिभी, एयर कन्डिसनर र साउन्ड सिस्टमसम्म एलजीका सामान रहेका छन् ।

एलजीका ब्रान्ड प्रबन्धक मुकेशकुमार बैठाले ग्राहकहरूले देखाएको अटुट विश्वासका कारण ४० वर्षको यात्रा सम्भव भएको बताए ।  

नेपालमा एलजीका उत्पादनहरू २० औ वर्षभन्दा बढी ग्राहकहरुले प्रयोग गर्दै आइरहेका छन् ।  

सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको एलजी नेपाल एलजी प्रडक्टको अग्रणी वितरक हो ।

Share News