ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी, जेनजीले घरबाट पैसा निकालेर हावामा उडाए

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी भएको छ । बूढानीलकण्ठमा रहेको उनको घरमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

खड्काको निवासबाट प्रदर्शनकारीले पैसा निकालेर हावामा उडाएको प्रत्यक्षदर्शीले बताएका छन् । 

जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।

 

Share News