ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले जेनजीको प्रदर्शनमा दिवंगत भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै मंगलबार उपत्यकाभित्रका पालिकामा शोक विदा दिने निर्णय गरेको छ ।
फोरमले एक विज्ञप्ति जारी गर्दै भदौं २३ गते काठमाडौंको वानेश्वर क्षेत्रमा भएको जेनजीको ¥याली तथा आन्दोलनका क्रममा १९ जना हताहत हुन पुगेको घटनाबाट काठमाडौं उपत्यका मेयर्स फोरम मर्माहत भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, 'यस घटनामा दिवंगत हुनु भएकाहरुप्रति मेयर्स फोरम हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकको आत्माको चीरशान्तिको कामना गर्दछ । फोरमले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना समेत प्रकट गरेको छ । उक्त घटनामा परि घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको समेत फोरमले कामना गरेको छ ।'