काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा प्रहरीले गोली चलाएको छ । उनको निवासमा प्रवेश गरेका सयौं प्रदर्शनकारीले आगजनी गरेपछि प्रहरीले गोली चलाएको हो ।
जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।