तारकेश्वरमा प्रहरी चौकी र वडा कार्यालयमा आगजनी

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

प्रदर्शनकारीहरूले तारकेश्वर–११ को वडा कार्यालय र स्थानीय प्रहरी चौकीमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

‘जेनजी’ आन्दोलनका क्रममा सोमबार प्रहरीले दमन गरेपछि आज देशभरै आन्दोलन चर्किएको छ ।

सोमबार भएको आन्दोलनमा १९ जनाले ज्यान गुमाएका थिए भने ४०० भन्दा बढी घाइते भएका छन् । त्यही घटनापछि आज बिहानदेखि विभिन्न स्थानमा प्रदर्शन उग्र बन्दै गएको छ ।

Share News