घोराही सञ्जीवनी शिक्षण अस्पतालको उपचार सेवा शुभारम्भ

काठमाडौं । दाङको घोराही सञ्जीवनी शिक्षण अस्पतालले उपचार सेवाको शुभारम्भ गरेको छ । 

अस्पताल मेडिकल व्यवसायी खुमप्रसाद अर्यालको लगानीमा निर्माण भएको हो ।

देशैभरि मेडिकल कलेजको ठूलो नेटवर्क बनाएका अर्यालले निकट भविष्यमा दाङको घोराहीमा पनि मेडिकल कलेज सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।

उक्त अस्पतालमा करिब ४ अर्ब रूपैयाँ लगानी भएको अस्पतालका प्रमुख इञ्जिनियर नारायण ज्ञवालीले जानकारी दिए ।

उक्त्त अस्पतालले दाङ, कपिलवस्तुसहित लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाका जनतालाई सेवा दिने इञ्जिनियर ज्ञवालीले जानकारी दिए । 

उक्त शिक्षण अस्पताल सञ्चालन गर्नुअघि उपलब्ध स्वास्थ्य सेवाको व्यापक अनुसन्धान गरेर सोही अध्ययन प्रतिवेदनका आधारमा स्वास्थ्य सेवा विस्तार गर्न शिक्षण अस्पताल खोलिएको इञ्जिनियर ज्ञवालीले जानकारी दिए ।

Share News