काठमाडौं । यामाहा नेपालले बजार विस्तार गर्ने क्रममा काठमाडौंको बुढानीलकण्ठस्थित गणेश चोकमा नयाँ ३ एस शोरूम ‘व्हिलिश ग्यालोर प्रालि सञ्चालनमा ल्याएको छ ।
आइतबार आयोजित एक समारोहका बीच बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले उक्त शोरूमको औपचारिक उद्घाटन गरे । यामाहाको यो देशभरकै १०३औं शोरूम हो ।
उद्घाटन कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनीता लामा र एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शोरूमका सञ्चालक भुवेश खड्काका १०६ वर्षीय हजुरबुवाको उपस्थिति रहेको थियो । नयाँ शोरूममा बिक्री, सेवा र स्पेयर पाट्र्स को सुविधा एउटै छानामुनि उपलब्ध गराइएको छ ।
यसले बुढानीलकण्ठ र आसपासका ग्राहकहरूलाई यामाहाका मोटरसाइकल तथा स्कुटर खरिद गर्न र मर्मत सम्भारका लागि सहज पहुँच पु¥याउने विश्वास गरिएको छ ।
एमएडब्लू राइड्सका सीईओ अग्रवालले प्रत्येक नयाँ आउटलेटले नेपालभर यामाहाको सञ्जाललाई सशक्त बनाउँदै ग्राहकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धता पूरा गर्ने बताए ।
दक्ष जनशक्ति र आधुनिक पूर्वाधारसहित सञ्चालनमा आएको यस शोरूमले स्थानीय राइडरहरूलाई जेन्युइन स्पेयर पाट्र्स र व्यावसायिक सेवामा सहज पहुँच प्रदान गर्दै यामाहाको विश्वसनीयतालाई थप मजबुत बनाउने लक्ष्य राखेको छ ।