कन्सल्टेन्सीको प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले केही चिकित्सकहरू कन्सल्टेन्सीको व्यावसायिक प्रचारप्रसारमा संलग्न रहेको भन्दै ध्यानाकर्षण गराएको छ ।

काउन्सिलले जारी गरेको विज्ञप्ति अनुसार चिकित्सकहरूले कन्सल्टेन्सीको प्रवर्द्धनका लागि आफ्नै नाम, तस्बिर तथा शैक्षिक उपाधि साइनबोर्ड, ब्यानर, पम्पलेट जस्ता प्रचार सामग्रीमा प्रयोग गरिएको भन्ने उजुरी परेको छ, जसले चिकित्सकीय मर्यादा र परम्परा विपरीत जाने उल्लेख गरिएको छ ।

काउन्सिलका रजिस्ट्रार डा. सन्तोष कुमार देवका अनुसार व्यवसायिक आचारसंहिताविपरीत गतिविधि नगर्न चिकित्सकहरूलाई सचेत गराइएको छ । यस्ता क्रियाकलाप पुनः दोहोरिए कारबाही अघि बढाइने चेतावनी समेत काउन्सिलले दिएको छ ।

null

Share News