काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि अस्पतालको ओपिडी लगायतका सेवा सुचारु गर्न निर्णय गरेपछि स्वास्थ्यमा क्रियाशील पेशागत संगठनहरु विरोधमा उत्रिएका छन् । उनीहरुले मन्त्रालयको निर्णयको अवज्ञा गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपिल समेत गरेका छन् ।
'मन्त्रीपरिषदले शनिबार र आइतबार बिदा दिने गरेको निर्णयलाई स्वागत गर्दै,' भनेको छ, 'स्वास्थ्य क्षेत्रमा लामो समयदेखि जनसरोकारको अनुपातमा चिकित्सक तथा स्वास्थ्यकर्मीको आवश्यक्ता अनुसार संगठन संरचना हुन नसक्दा स्वास्थ्यकर्मीहरूप्रति कार्यबोझ अधिक हुनगइ मानसिक तनाव थपिएको छ यस्तो अवस्थामा मन्त्रालयले गरेको मन्त्रीपरिषद्को निर्णयको खिलाफामा गरेको निर्णय कानुनतः कार्यान्वयन योग्य छैन ।’
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्की संयोजक रहेको संयुक्त संगठनको बैठकले मन्त्रालयको निर्णयप्रति विरोध जनाएको हो ।