सुन फेरि उकालो, चाँदीले तोड्यो सबै रेकर्ड

काठमाडौं । नेपाली बजारमा उतारचढावबीच सुनको मूल्य फेरि उकालो लागेको छ । आज सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्दै २ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको सुन आज पुनः महँगिएको हो। हिजो भने सुनको मूल्य एकैदिन १७ सय रुपैयाँले घटेको थियो । 

चाँदीले भने ऐतिहासिक रेकर्ड कायम गरेको छ । आज चाँदीको भाउ प्रतितोला १७० रुपैयाँले उकालो लाग्दै ४ हजार ५५ रुपैयाँ पुगेको छ । महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो । 

अन्तर्राष्ट्रिय बजारको प्रभाव, डलर विनिमय दर र लगानीकर्ताको बढ्दो चासोका कारण सुनचाँदीको मूल्यमा यस्तो उतारचढाव देखिएको व्यवसायीहरूको भनाइ छ । 

Share News