काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म घोषणा भएकामध्येबाट चुनावपछि कोही प्रधानमन्त्री नहुने बताएका छन् ।
मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले उनले हालसम्म घोषणा भएका कुनै पनि व्यक्ति प्रधानमन्त्री नबन्ने बताएका हुन् ।
भावी प्रधानमन्त्रीको रूपमा कांग्रेसले सभापति गगन थापा, एमालेले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ ।
ओली र बालेन झापा-५ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन् भने थापा सर्लाही-४ पुगेका छन् ।