वाणिज्य विभागको सक्रियता, एकै दिन ५४ फर्ममा अनुगमन

काठमाडौं । बजार अनुगमन तथा निरीक्षणमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ । एकै दिन ५४ वटा व्यापारिक प्रतिष्ठान र फर्ममा विभागले अनुगमन गरेको हो ।

कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको कारोबार नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षणका लागि विभागले एकै दिन ५४ वटा फर्ममा अनुगमन गरेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले उल्लेख गरेको छ । विभागले काठमाडौं महानगरपालिका-१४ मा अवस्थित खसीबजार आसपासका क्षेत्रमा अनुगमन गरेको थियो ।

विभागले सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मी, सरोकार भएकाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजारको अनुगमन गर्दै आएको जनाएको छ । 

Share News