काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले नयाँ वर्षको अवसरमा नयाँ वर्ष खील निकाल्ने वर्ष भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् भन्दै शुभकामना व्यक्त गरेका हुन् । यद्यपि उनले प्रत्यक्ष रूपमा नयाँ वर्ष २०८३ उल्लेख नगरे पनि उक्त सन्देश सोही अवसरलाई लक्षित गरिएको बुझिएको छ ।