काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ–आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक्त गरेका छन् ।
नयाँ वर्षको शुभारम्भ भएको अवसरमा प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै उक्त शुभकामना व्यक्त गरेका हुन् ।
'नयाँ वर्षले हामी सबैको जीवनमा सकारात्मक ऊर्जा र राष्ट्रप्रतिको नवीन प्रतिबद्धता लिएर आएको छ,' सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री शाहले लेखेका छन्, 'आउनुहोस्, हामी सबै मिलेर आपसी सद्भाव कायम राखौँ र पूर्ण निष्ठाका साथ राष्ट्र निर्माणमा आ–आफ्नो जिम्मेवारी पूरा गरौँ ।'