मन्त्रिपरिषद् बैठक अपरान्ह ४:३० बजे तय

काठमाडाैं । सरकारका प्रवक्ताले आज मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका छन्।

सरकारका प्रवक्ता सस्मित पोखरेलले आज वैशाख २ गते बुधबार अपरान्ह ४:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने जानकारी गराएका हुन्। उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा आर्थिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

बैठकले सरकारका नीति तथा कार्यक्रमसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू लिन सक्ने सम्भावना रहेको छ। साथै, देशको वर्तमान परिस्थितिसँग सम्बन्धित विषयहरूमा आवश्यक निर्णय र निर्देशन पनि जारी हुन सक्ने बताइएको छ।

सरकारले नियमित रूपमा मन्त्रिपरिषद् बैठकमार्फत नीतिगत निर्णयहरू गर्दै आएको छ।

Share News