११ समिति सभापति निर्विरोध, एकमा मतदान हुने

काठमाडौं । संसद्का ११ ओटा समितिका सभापति निर्विरोध निर्वाचित हुँदा एक समितिमा भने मतदान हुने भएको छ । संसद्को संयुक्त समिति अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा दुई उम्मेदवारले मनोनयन गरेसँगै उक्त समितकिो सभापति चयन मतदानवाट हुने भएको हो ।

समिति सभापतिकालागी नेपाली कम्युनिष्ट पार्टीले गरिमा शाहलाई उम्मेदवार बनाएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले गणेश कार्कीलाई उम्मेदवार बनाएको छ । नेपाली काँग्रेस र नेकपा एमालेले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शाहलाई समर्थन गरेका छन् ।

Share News