गैर-पर्यटकीय भिसा सिफारिसमा नयाँ व्यवस्था, अब मन्त्रालयमार्फत नै निवेदन दिन सकिने

काठमाडौं । नेपालस्थित विभिन्न वायुसेवा कम्पनीहरूमा विदेशी जनशक्तिलाई काममा लगाउने क्रममा गैर–पर्यटकीय भिसा सिफारिस अब मन्त्रालयमै गर्न सकिने भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक सूचना जारी गर्दै सोबारे जानकारी गराएको हो । 

यसअघि नेपालस्थित विभिन्न वायुसेवा कम्पनीहरूमा विदेशी जनशक्तिलाई काममा लगाउने क्रममा गैर–पर्यटकीय भिसा सिफारिसको लागि आवश्यक कानुनी प्रक्रिया पूरा नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत सम्बन्धित मन्त्रालयमा सिफारिस पठाइने व्यवस्था थियो । 

तर अब ‘हवाई सेवा व्यवस्थापन नियमावली, २०८२’ को नियम २३ को उपनियम (३) अनुसार पर्ने अवस्थामा भए सम्बन्धित मन्त्रालयले आवश्यक परेमा आफै प्राधिकरणको सिफारिस माग गर्न सक्ने भएको छ । 

साथै सम्बन्धित कम्पनीहरूले सिधै मन्त्रालयमार्फत नै निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

Share News