सात महिनामा काठमाडौंका विभिन्न ठाउँबाट ४ हजार बढी पक्राउ

काठमाडौं । सात महिनामा काठमाडौंका विभिन्न स्थानमा ४ हजार २७९ जना पक्राउ परेका छन् । 

शुक्रबार काठमाडौं प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पवनकुमार भट्टराईले काठमाडौंका विभिन्न ठाउँमा गरेर ४ हजार २७९ जना पक्राउ परेको जानकारी दिए ।

उनका अनुसार काठमाडौंका विभिन्न प्रहरी वृत्तमा ५ हजार ५६६ वटा मुद्दा भएको थियो । सबैभन्दा बढी १ हजार ९९९ मुद्दा जिल्ला प्रहरी परिसर, काठमाडौंमा दर्ता भएको भट्टराईले जानकारी दिए ।

महाराजगञ्जमा प्रहरी वृत्तमा ५ सय ६२ मुद्दा दर्ता, बौद्धमा ४ सय ४६, बालाजुमा ३ सय ८९,  नयाँ बानेश्वरमा ३ सय ३३, गौशालाममा ३ सय ९ र कालीमाटीमा २८९ मुद्दा दर्ता भएका थिए ।

प्रहरी परिसरका अनुसार बैंकिङ कसुरमा २ हजार १९४, अभद्र व्यवहारमा ७ सय ७३, चोरीमा ५७१, लागुऔषध ३३८, ठगी २६८, आपराधिक उपद्रव १७३, आत्महत्या १ सय ६४, जबरजस्ती करणी १ सय १९, ज्यान मार्ने उद्योग १ सय र सवारी ज्यानमा ६८ मुद्दा दर्ता भएको थियो ।

Share News