सेबोनका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । १० मंसिर २०८१ मा नियुक्त भएका श्रेष्ठले नियुक्ति भएको छोटो समयमै पद त्यागेका हुन् । उनले  शुक्रबार अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका छन् ।

राजीनामा पत्र बोकेर मन्त्रालय पुगेका श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको बताए ।  सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाइ छ ।

दीपक भट्टको सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानमा श्रेष्ठको नाम पनि जोडिएपछि सरकारले उनलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेको थियो ।

सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले आफूले राजीनामा दिन लागेको उनले शुक्रबार नै बोर्ड सञ्चालकहरूलाई जानकारी गराएका थिए । 
 

Share News