यामाहाको ‘ब्लु कोड नयाँ वर्ष योजना’ अन्तिम चरणमा, ५ लाखका विजेता घोषणा

काठमाडौं । यामाहा नेपालको आधिकारिक वितरक एम.ए.डब्लू. राइड्स प्रा. लि. मार्फत भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘यामाहा ब्लु फेस्ट’ अन्तिम दिनमा प्रवेश गरेको छ । यसैक्रममा ‘ब्लु कोड नयाँ वर्ष योजना’ अन्तर्गत एक जना बम्पर विजेताको घोषणा गरिएको छ ।

भ्याली रोड मोटर्स प्रा. लि. मार्फत फाइनान्स तथा एक्सचेन्ज योजना अन्तर्गत मोटरसाइकल खरिद गरेका उमेश थापा मगरले ५ लाख रुपैयाँ नगद बम्पर पुरस्कार जितेका छन् । उक्त घोषणाले कार्यक्रममा थप उत्साह थप्नुका साथै ग्राहकलाई समापनअघि उपलब्ध विशेष अफरहरूको लाभ लिन प्रेरित गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रम सुरु भएयता ब्लु फेस्टमा मोटरसाइकल पारखी, परिवार तथा सम्भावित खरिदकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको छ । आगन्तुकहरूले यामाहाका उन्नत हाई–टेक मोटरसाइकल तथा स्कुटरहरूको अवलोकन गर्दै उत्साहपूर्ण वातावरणको अनुभव गरेका छन् ।

अन्य विजेतामा नविना शर्माले १ लाख रुपैयाँ, अरविन्द गुप्ताले ५५ हजार रुपैयाँ र आवाश चौधरीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यसका साथै अन्य धेरै ग्राहकले पनि विभिन्न आकर्षक उपहार जितेका छन् ।

समापनको दिन नजिकिँदै गर्दा पनि ब्लु फेस्टले ग्राहकहरूका लागि आकर्षक सुविधा प्रदान गरिरहेको छ । खरिदकर्ताले ५ लाख रुपैयाँसम्म क्यासब्याक, अधिकतम ४० महिनासम्मको सहज ईएमआई सुविधा तथा अन–द–स्पट फाइनान्सिङ सेवा लिन सक्नेछन् । साथै, ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागितामा सञ्चालन भइरहेको एक्सचेन्ज कार्निभलले पुराना मोटरसाइकलको प्रतिस्पर्धात्मक तथा पारदर्शी मूल्याङ्कनका कारण विशेष आकर्षण बनेको छ ।

कार्यक्रममा राइडर तथा कन्टेन्ट क्रिएटरहरूसँग भेटघाट, कोसप्ले प्रदर्शन तथा विभिन्न गिभअवे गतिविधिहरूले मेलालाई अझ जीवन्त बनाएको छ ।

एम.ए.डब्लू. राइड्सका सीईओ दीपक अग्रवालले ब्लु फेस्टप्रति प्राप्त सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएको बताउँदै अन्तिम दिनमा उपस्थित भई विशेष अफरको लाभ लिन सबैलाई आग्रह गरेका छन् । 

Share News