काठमाडौं । नेपाल प्रहरीले नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघमा आवद्ध निराजन पौडेल (निरे) लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि उजुरी परेपछि उनी पक्राउ गरिएको प्रहरीले बताएको छ । उनी ज्यान मार्ने र हातहतियार मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका हुन् ।
उनी विवादास्पद पृष्ठभूमिका चक्रे मिलन समूहमा आवद्ध छन् ।