काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो ।
शुक्रबार प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३ लाख एक हजार रुपैयाँ पुगेको छ ।
यस्तै, आज चाँदीको मूल्य ९५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार १३० रुपैयाँ रहेकोमा आइतबार ५ हजार २२५ रुपैयाँ कायम भएको छ ।