काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले ललितपुरको इमाडोलस्थित रातामकै चोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । छाया हार्डवेयर एण्ड कन्स्ट्रक्सनद्वारा सञ्चालित उक्त शोरुम वैशाख ४ गते शुक्रबार उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपाल तथा कम्पनीका कन्ट्री म्यानेजर अभ्यास तिवारीको उपस्थिति रहेको थियो । तिवारीले रिबन काट्दै शोरुम उद्घाटन गरे । यससँगै ललितपुर तथा आसपासका ग्राहकहरूका लागि विश्वस्तरीय टायल समाधानहरू नजिकबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
सो अवसरमा कन्ट्री म्यानेजर तिवारीले छाया हार्डवेयरसँगको सहकार्यमार्फत ललितपुरमा उपस्थिति विस्तार गर्न पाउँदा खुसी लागेको बताए । उनका अनुसार नयाँ शोरुमलाई केवल बिक्री केन्द्र मात्र नभई ग्राहकहरूले प्रेरणा, नवप्रवर्तन र आधुनिक टायल समाधान अनुभव गर्न सक्ने केन्द्रका रूपमा विकास गरिएको छ ।
शोरुममा सिरेमिक तथा भिट्रिफाइड टायल्सका विविध डिजाइन, आकर्षक फिनिस तथा उच्च गुणस्तरयुक्त उत्पादनहरू प्रदर्शनमा राखिएको छ, जुन आधुनिक वास्तुकला र आन्तरिक सजावटका आवश्यकताअनुसार तयार गरिएको कम्पनीको दाबी छ ।
कम्पनीले नेपालमै स्थापना गरेको टायल उत्पादन उद्योगमार्फत अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको जनाएको छ । साथै, देशभर १०० भन्दा बढी शोरुममार्फत आफ्नो सञ्जाल विस्तार गरिसकेको छ ।
कजारियाका उत्पादनहरूमा विभिन्न आकारका ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी टायल तथा सेरामिक वाल टायल समावेश छन्, जसलाई पानी तथा दाग प्रतिरोधी, दीगो र आधुनिक डिजाइनयुक्त रूपमा विकास गरिएको छ ।