माउन्ट एभरेस्ट डिस्टिलरीद्वारा ‘रेड नेचर’ र ‘ब्लु नेचर’ प्रिमियम स्पिरिट बजारमा

काठमाडौं  । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले प्रिमियम स्पिरिट सेग्मेन्टमा दुई नयाँ उत्पादन सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले ‘रेड नेचर’ र ‘ब्लु नेचर’ नामका 40 UP प्रिमियम स्पिरिटहरू बजारमा ल्याउने भएको हो ।

कम्पनीका अनुसार यी उत्पादनहरू आगामी वैशाख ५ गतेदेखि देशभरका बजारमा उपलब्ध हुनेछन् । आधुनिक उपभोक्ताको स्वाद र प्राथमिकतालाई ध्यानमा राखेर उच्च गुणस्तरमा आधारित उत्पादन तयार गरिएको कम्पनीले जनाएको छ ।

७५० एमएल क्षमताको बोतलको अधिकतम खुद्रा मूल्य रु. १,२४० तोकिएको छ । उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्ड अपनाइएको र उपभोक्तालाई गुणस्तरीय अनुभव दिने लक्ष्य राखिएको कम्पनीको दाबी छ ।

नयाँ वर्षको सन्देशसँगै कम्पनीले न्यू इयर सेम सरकल अवधारणालाई अघि सार्दै जिम्मेवार उपभोगको सन्देश पनि प्रवाह गरेको जनाएको छ । कम्पनीका प्रतिनिधिले उपभोक्तालाई गुणस्तरीय विकल्प उपलब्ध गराउनुका साथै जिम्मेवार उपभोग संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताएका छन् ।

माउन्ट एभरेस्ट डिस्टिलरीले आगामी दिनहरूमा पनि बजारको माग अनुसार थप नवीन तथा प्रिमियम उत्पादनहरू ल्याउने योजना रहेको जनाएको छ ।

Share News