असिनाले ७४ सवारीसाधनको सिसामा क्षति

चितवन । जिल्लामा आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४ सवारीसाधनमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालका अनुसार इच्छाकामना गाउँपालिका–३, ४ र ५ कुरिननिटार, मुग्लिन सहित पृथ्वी राजमार्गबाट विभिन्न गन्तव्यमा जाँदै गरेका र पार्किङ गरी राखिएका ती सवारीसाधनमा क्षति पुगेको हो ।

कायर्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार क्षति पुगेका सवारीसाधनहरु कार ५७ , माइक्रो बस १५ , मोेटरसाइकल र ट्रक एक÷एक छन् । उनका अनुसार ती सवारीसाधनको सिसामा क्षति पुगेको छ ।  

Share News