थाइल्याण्ड लैजाने भन्दै ठगी गर्ने सापकोटा पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत थाइल्याण्ड जान पाइन्छ भन्दै विज्ञापन गरी ठगी गर्ने स्काई वाल्क टुर्स एण्ड ट्राभल्सका सञ्चालक पक्राउ परेका छन् । 

आइतबार २३ वर्षीय निर्दोष सापकोटालाई पेप्सीकोलाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । 

सापकोटाले भिजा, हवाई टिकट, होटल बुकिङ, गाइडसमेतको सुविधा रहेको भन्दै खर्चवापत लाग्ने रकम स्काई वाल्क टुर्स एण्ड ट्राभल्सको नाममा रकम पठाउन लगाउने गरेका थिए ।

ग्राहकलाई विभिन्न किसिमको बहाना बनाएर उनले झुलाउँदै आएका थिए । उनले आफै नक्कली टिकट र भिसा बनाएर झुक्याउने गरेका थिए । 

हालसम्म सापकोटाले २६ जनासँग १६ लाख ६० हजार ठगी गरिसकेको प्रहरीले जनाएको छ।

Share News