चितवनको मंगलपुरमा कजारिया टायल्सको नयाँ शोरुम सञ्चालन

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले चितवनको मंगलपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । अथर्व इन्टरप्राइजेजद्वारा सञ्चालित उक्त शोरुम वैशाख ७ गते औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालको उपस्थिति रहेको थियो । उनले प्रमुख क्षेत्रीय बजारहरूमा आफ्नो पहुँच विस्तार गर्ने कम्पनीको दीर्घकालीन रणनीति अझ सुदृढ भएको बताए ।

नयाँ शोरुम सञ्चालनमा आएसँगै चितवन तथा आसपासका ग्राहकहरूले कजारियाका प्रिमियम टायल उत्पादनहरू अझ सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसलाई स्थानीय निर्माण तथा आवास क्षेत्रमा गुणस्तरीय सामग्रीको पहुँच विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

null

सो अवसरमा निर्देशक अग्रवालले भने, 'अथर्व इन्टरप्राइजेजसँगको सहकार्यमा चितवनमा उपस्थिति विस्तार गर्न पाउँदा हामी खुसी छौं । यहाँ पूर्वाधार र आवास निर्माणको माग बढ्दै गएकाले उच्च गुणस्तरका डिजाइन–केन्द्रित टायल समाधानको ठूलो सम्भावना देखिरहेका छौं ।'

कजारिया रमेश टायल्सले नेपालभर आफ्नो सञ्जाल विस्तार गर्दै टायल उद्योगमा विश्वासिलो ब्रान्डका रूपमा स्थान सुदृढ गरिरहेको जनाएको छ । कम्पनीले नवीनता, गुणस्तर र आकर्षक डिजाइनमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।  

Share News